काठमाडाैं । सरकारले वरिष्ठ ३ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको विहीबार साँझको बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको हो ।
कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले उनीहरुको बढुवाको पुष्टि गरिन् । बढुवा भएका सचिवहरुको पोस्टिङ हुन बाँकी छ। लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले वैशाख ३१ गते उनीहरूको बढुवाका लागि सिफारिस गरेको थियो।
सिफारिसमा दुवाडी पहिलो नम्बरमा, बिके दोस्रो नम्बरमा र नेपाल तेस्रो नम्बरमा थिए। सचिवहरु महेश दाहाल, दीपक सुवेदी र विनोद केसीको अवकाशपछि सचिव खाली भएका थिए।