रिपाेर्ट नआउँदै शव आफन्तलाई जिम्मा लगाउने नेसनल मेडिकल कलेजमाथि कारवाही हुने

रिपाेर्ट नआउँदै शव आफन्तलाई जिम्मा लगाउने नेसनल मेडिकल कलेजमाथि कारवाही हुने

काेराेना परीक्षणको रिपोर्ट नआउँदै शव अन्त्येष्टिका लागि आफन्तलाई बुझाउने वीरगन्जको नेसनल मेडिकल कलेजमाथि कारवाही हुने भएकाे छ ।

जेठ ४ गते मृत्यु भएका व्यक्तिमा काेराेनाकाे लक्षण देखिएकाे र स्वाब परिक्षणकाे लागि पठाइएकाे भएपनि अस्पतालले अन्त्येस्ति गर्न भन्दै आफन्तलाई शब लान भनेकाे थियाे ।

परिवारले धार्मिक परम्परा अनुसार ती अन्त्येष्टि गरेको एक हप्तापछि मृतकमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएकाे थियाे ।

रिपाेर्ट बाहिरिए लगत्तै सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतमा बसेको कोभिड-१९ जिल्ला व्यवस्थापन केन्द्रको बैठकले नेसनल मेडिकल कलेजलाई  सिल गरी घटनाकाे छानबिन अघि बढाउने निर्णय गरेको हो।

यसबाहेक बैठकले अस्पताल सिल गर्ने पनि निर्णय गरेकाे छ ।