भक्तपुर क्षेत्र नम्बर १ (क) मा कांग्रेस विजयी

भक्तपुर क्षेत्र नम्बर १ (क) मा कांग्रेस विजयी

भक्तपुर : भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । यसअघिको चुनावमा नेकपाले जितेको उक्त क्षेत्रमा कांग्रेसले जीत हात पारेको हो । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । भक्तपुर क्षेत्रनम्बर २ कमा भडेल निर्वा्चित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।