मेष : आज धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।
वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मिथुन : स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने छ । शिक्षाको लगानीबाट नाफा कमाउने योग छ ।
कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । घुमघाम तय हुनेछ । स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ । साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ । राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।
सिंह : दिन राम्रो छ । लगानीका क्षेत्रबाट नाफा हुनेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ ।
कन्या : आज नयाँ काममा हात नहाल्नु उपयुक्त हुन्छ । सोचेका काम नबन्दा निराशा बढ्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
तुला : दैनिक काम सहजै बन्नेछन् । खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ । दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ ।
वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ ।
धनु : साथीभाइसँग सहकार्य हुनेछ । पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ । परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ ।
मकर : मन अशान्त बन्नेछ । सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय आएको छ । सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ ।
कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । संकटमा साथीको साथ मिल्नेछ ।
मीन : मन अशान्त बन्नसक्छ । शिक्षामा मेहिनेतको खाँचो देखिन्छ । परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ ।