उपनिर्वाचन २०७६ः पुनर्वास–३ मा नेकपा विजयी

उपनिर्वाचन २०७६ः पुनर्वास–३ मा नेकपा विजयी

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विजयी भएको छ । उक्त निर्वाचनमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।

नेकपाका तमाङले ५२८ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपबहादुर तामाङले ३१० मत पाउनुभयो ।
यसैगरी समाजवादी पार्टीका भीमबहादुर तामाङले ७५ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पदमबहादुर शाहीले सात मत प्राप्त गर्नुभयो । चार मत बदर भएको थियो ।

निर्वाचित वडाध्यक्ष तामाङलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो । कूल एक हजार १९९ मतदातामध्ये निर्वाचनमा ९२४ मतदाताले मतदान गरेका थिए । पुरुष ३९० तथा महिला ५३४ जनाले मतदान गरेको बाँस्तोलाले बताउनुभयो ।