तस्वीरमा मतदान

तस्वीरमा मतदान

काठमाडौं:उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि अहिले मतदान जारी छ । पोखरामा भएको बमविष्फोटले केहिबेर त्रास उत्पन्न गराएपनि अहिले वातावरण सामान्य भएको छ । त्योबाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थानको रिक्तस्थानमा अहिले भोट हाल्नेक्रम जारी छ ।बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।तस्विरमा हेर्नुहोस विभिन्न मतदान केन्द्रमा भएको मतदान :

प्रदेशसभा सदस्यको रिक्त पदमा भएको उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका– २, दुवाकोट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।
दाङ क्षेत्र नं ३ प्रदेश (ख) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा भोट हाल्ने पर्खाइमा
धुलिखेल नगरपालिका २ सेतीदेवी मावि रविओपीमा वडा अध्यक्ष पदका लागि शनिवार भएको उपनिर्वाचनमा मतदानस्थलमा खटिएका कर्मचारीको सहयोगमा मतदान गर्दै ज्येष्ठ नागरिक ।
प्रदेशसभा सदस्यको रिक्त पदमा भएको उपनिर्वाचनको अनुगमनका क्रममा शनिबार बिहान चाँगुनारायण नगरपालिका– २, दुवाकोटमा मतदान गर्दै ७७ वर्षीय हरिप्रसाद पोखरेल