पोखराको भावी नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष मेयर छनौट अभियान सुरु

पोखराको भावी नेतृत्वका लागि स्वतन्त्र र निष्पक्ष मेयर छनौट अभियान सुरु

पोखरा। पोखरा महानगरपालिकाको भावी नेतृत्वका लागि ‘पोखराको लागि उपयुक्त मेयर छनौट अभियान’ नामक स्वतन्त्र र निष्पक्ष सर्वेक्षण अभियानको सुरुवात गरिएको छ।

पोखराका प्रतिष्ठित होटल व्यवसायी एवं शिक्षा क्षेत्रका लगानीकर्ता नारायण पहरीद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको यस अभियानअन्तर्गत महानगरका प्रत्येक वडाबाट कस्तो अध्यक्ष र कस्तो मेयर छान्ने भन्ने विषयमा निष्पक्ष सर्वेक्षण थालिएको हो।

पोखरेली समाजमा लामो समयदेखि भिजेका प्रतिष्ठित व्यक्तित्व पहारी स्वयं पनि आगामी निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदका प्रमुख प्रत्यासीका रूपमा चर्चामा छन्।

"हाम्रो लागि हामीले नै छान्ने हो" भन्ने मूल नाराका साथ सुरु गरिएको यस अभियानले स्थानीय तहमा जनचाहनाअनुसारको सक्षम र योग्य नेतृत्व चयन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

जनस्तरबाटै नेतृत्वको मापदण्ड तय गर्ने उद्देश्यले थालिएको यस सिर्जनात्मक अभियानलाई पोखरा क्षेत्रमा विभिन्न तवरबाट स्वागत तथा समर्थन प्राप्त हुन थालेको छ।