भ्रमण छोट्याएर परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फर्किए

भ्रमण छोट्याएर परराष्ट्र मन्त्री ज्ञवाली स्वदेश फर्किए

काठमाडौं : रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भए पनि मन्त्री ज्ञवाली आजै स्वदेश फर्किएका हुन् ।

उनी शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्। विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको बताए । मन्त्री ज्ञवाली शनिबार रूस प्रस्थान गरेका थिए ।

मस्कोमा उनले रूसी समकक्षी सर्गेई लाभरोभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटका क्रममा उनले रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए ।