काठमाडौँ । प्रहरीले काठमाडौँ जिल्लाको विभिन्न ठाउँबाट ८७ जनालाई पक्राउ गरेको छ । स्विप अपरेसन सञ्चालन गरेर र फरार रहेकाहरूलाई खोजी गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए ।
कार्तिक ९ गते बिहानदेखि १० गते बिहान ६ बजेसम्ममा स्विप अपरेसन सञ्चालन गरेर प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । स्विपको क्रममा पक्राउ परेकाहरूको आपराधिक विवरण चेकजाँच गरेर मुद्दा चलाउने वा रिहा गर्ने भन्नेबारे निर्णय गरिन्छ ।
अदालतबाट कैद र जरिवाना हुने फैसला भएका ८ जना र अदालतबाट पक्राउ अनुमति जारी भएर अनुसन्धानको क्रममा रहेका ४ जनालाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।