सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण

सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग गरेको छ ।

बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा भएको सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार (असोज १४) नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौं समेतका विपक्षी निकायसँग लिखित कारण पेस गर्न आदेश दिएको हो ।

प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले मंगलबार सर्वोच्चमा बन्दीप्रत्यक्षकरण रिट दिएकी थिइन् । यता, काठमाडौं अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न असोज १२ गते प्रहरीलाई अनुमति दिएको थियो ।

साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट आजै पक्राउ गरेको थियो । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि भन्दै प्रहरीले अदालतसँग थुना अनुमति माग गरेको थियो । प्रसाईंलाई यसअघि पनि विभिन्न आरोपमा पक्राउ गरी थुनामा राखेर रिहा गर्ने गरिएको थियो ।

छुटाउनुभयो कि ?