मनाङमा हिमपहिरोमा १२ जना अझै सम्पर्कविहीन, २ जनाको शव काठमाडौँ ल्याइयो

मनाङमा हिमपहिरोमा १२ जना अझै सम्पर्कविहीन, २ जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । दुई जनाको शव फेला परेको मनाङको हिमपहिरोमा अझै १४ जना सम्पर्कविहीन रहेका स्थानीय प्रशासनले जनाएको छ। 

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले केहीबेरअघि  दिएको जानकारी अनुसार घटनास्थलबाट आइतबार साँझ २ जनाको शव हेलिकप्टरमार्फत सदरमुकाम च्यामे ल्याइएको छ। 

‘दुईवटा टुरिस्ट कम्पनीबाट त्यहाँ २७ जना कामदार गएका रहेछन्,’ उनले भने, ‘त्यसमध्ये हिमपहिरोपछि अझै १४ जना सम्पर्कविहीन हुनुहुन्छ। ११ जना सम्पर्कमा आउनु भएको छ।’

उनले सदरमुकामबाट सोमबार बिहान दुईवटा शव पोस्टमार्टमको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको जानकारी दिए। 

बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन्। 

हिमपहिरोपछि सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेजका १२ जना र एक्सपोर्टेसन कम्पनीका २ जना कामदार रहेका सहायक सीडिओ पौडेलले जानकारी दिए। 

छुटाउनुभयो कि ?