पर्वतमा कालीगण्डकीले ६६ घर बगायो, जोखिममा रहेका २३ घरको सामान सारिँदै

पर्वतमा कालीगण्डकीले ६६ घर बगायो, जोखिममा रहेका २३ घरको सामान सारिँदै

पर्वत । गए रातिदेखिको अविरल वर्षापछि पर्वत जिल्लामा हालसम्म ६६ घर पूर्ण रुपमा बगाएको र थप २३ घर उच्च जोखिममा छन् । बेलैमा स्थानीयलाई सुरक्षित स्थलतर्फ लगिएकोले मानवीय क्षति भने भएन ।

जलजला गाउँपालिका- ८, फर्सेस्थित कालीगण्डकी नदीले ६६ घर पूर्ण रूपमा बगाएको हो । अन्य २३ वटा घर उच्च जोखिममा छन् ।

सशस्त्र प्रहरीका अनुसार उच्च जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सारिँदैछ ।

छुटाउनुभयो कि ?