मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासियो

काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा सडक भासिएको छ । लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाब बढेर सडकको तल्ला भाग कटान गर्दा उक्त स्थानमा सडक भासिएको हो ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजेको समयमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडक लगभग आधा भाग भासिन पुगेको छ । सडकको आधा भाग भासिएका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

छुटाउनुभयो कि ?