काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, नारायणी र यिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि र बागमती, पश्चिम राप्ती र बबई नदीका बाढी सतर्कता तहनजिक छन्।
बाढी महाशाखाले देशका प्रमुख नदीहरूको आगामी तीन दिनको पूर्वानुमानअनुसार पहेँलो र सुन्तला रङमा परेका नदी किनारा/ जिल्लामा बस्नेहरूलाई सतर्क/उच्च सतर्क रहन सुझाव दिएको छ।
बाढी महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, दाङ, अर्घाखाँची, रुकुमपूर्व, रुकुमपश्चिम, प्युठान, रोल्पा, सल्यान, जुम्ला, कालीकोट, दैलेख, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यी जिल्लामा बाढी महाशाखाले पहेँलो रङ (एल्लो अलर्ट) दिएको छ।
यस्तै आज गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, डोल्पा, जाजरकोट, रूपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ। यी जिल्लालाई बाढी महाशाखाले सुन्तला रङ (अरेन्ज अलर्ट) दिएको छ।