हनुमन्ते खोलाको बहाब बढ्यो, १६ परिवारलाई सुरक्षित स्थानमा सारियो

हनुमन्ते खोलाको बहाब बढ्यो, १६ परिवारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी हुँदै बग्ने हनुमन्ते खोलाको बहाब बढेको छ । बहाब बढेसँगै जोखिममा देखिएका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

भक्तपुर प्रहरीका अनुसार, ठिमीका १६ परिवारको ९५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । साथै, विभिन्न सडक अवरुद्ध भएका छन् ।

हालसम्म बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको सूचना भने प्रहरीलाई आएको छैन । देशभर अविरल वर्षाबाट हुनसक्ने धनजनको क्षतिबारे प्रहरीलाई हाइअलर्टमा राखिएको छ । प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरीले नदीतटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्नेदेखि सतर्कताका लागि निरन्तर माइकिङ गरिरहेको बताए ।

छुटाउनुभयो कि ?