जलवायु परिवर्तन र भोटेकोशी बाढी अध्ययन गर्न संसदीय विशेष समिति गठन

जलवायु परिवर्तन र भोटेकोशी बाढी अध्ययन गर्न संसदीय विशेष समिति गठन

काठमाडौँ । भोटेकोशी बाढी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्ने संसदीय विशेष समिति गठन गरिएको छ। 

सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन्। समितिको नाम ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद् सम्बन्धी संसदीय विशेष समिति’ राखिएको छ। 

समितिले जलवायु परिवर्तनको प्रभावको अध्ययन, भोटेकोशी त्रिशुली विपद्का विषयमा अध्ययन गरी सरकारलाई नीतिगत सुझाव दिनेछ। त्यसका लागि समितिलाई ३ महिनाको समय दिइएको छ।
समितिमा सांसदहरु अच्युतम लामिछाने अनुष्का श्रेष्ठ,गंगादेवी श्रेष्ठ, गणेश पराजुली धनन्जय रेग्मी, निशा डाँगी, ध्रुवराज राई, पुष्पराज कँडेल, मोहन आचार्य छन्। त्यसैगरी मिङ्मा ग्याबु शेर्पा, रमेश कुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजता तामाङ र सीता थपलिया समितिमा रहेका छन्। 

समितिको पहिलो बैठकले सदस्यहरुमध्ये एक जनालाई सभापति चयन गर्ने सभामुख अर्यालले बताए।

छुटाउनुभयो कि ?