प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट, के भयो कुराकानी ?

प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट, के भयो कुराकानी ?

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जानुपूर्व प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भेट भएको पुष्टि गर्दै उक्त भेट नियमित भएको बताए । सिग्देल हालै जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणबाट फर्किएपछि रक्षा मन्त्रीसमेतको हैसियतका प्रधानमन्त्री शाहलाई उक्त भ्रमणबारे ब्रिफिङ गर्न भेट भएको प्रवक्ता बस्नेतको भनाइ छ ।

‘संयुक्त राष्ट्रसंघको महासभामा जाने विषयसँग भेटघाटको कुनै सन्दर्भ नजोडिएको उनले बताए । ‘प्रधानमन्त्रीज्यू नै रक्षामन्त्री पनि भएको कारण पनि यस्तो भेटहरु नियमित हुने गर्दछन्’, प्रवक्ता बस्नेतले बताए ।

छुटाउनुभयो कि ?