काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो ।
आइतबारदेखि सुरु भएको सचिवालय बैठक निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको थियो । सोही बैठकको निरन्तरता स्वरूप आज सचिवालय बैठक बसेको हो ।
बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।
यसैगरी एमाले केन्द्रीय कमिटी बैठक बिहान ११ बजे ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा बस्नेछ । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ ।
बैठकमा अध्यक्ष ओलीले निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदनमा आवश्यक सुझाव समेटेर राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।