बाढी प्रभावित बालबालिकाका लागि शेष घलेले ५७ करोड ८५ लाख सहयोग गर्ने

बाढी प्रभावित बालबालिकाका लागि शेष घलेले ५७ करोड ८५ लाख सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घलेले भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्ने भएका छन्।

घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले अभिभावकविहीन बालबालिकाका लागि ५७ करोड ८५ लाख सहयोग गर्ने घोषणा गरेको हो। बाढीबाट प्रभावित १८ वर्षमुनिका बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी (एमओयू) गरेको हो।

त्यसबारे जानकारी दिँदै घलेले फेसबुकमा लेखेका छन्, ‘यो सहयोगले प्रत्येक बालबालिकाको परिस्थितिका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न मद्दत गर्नेछ।’

बालबालिकाको कठिन समयमा मात्र मात्रै नभई आगामी दिनमा पनि सहयोग गर्ने बाचा गरेका छन्। फाउन्डेसनले प्रभावित बालबालिकालाई शिक्षा, खाद्यान्न, आवास, कपडा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक आधारभूत सेवाका लागि सहयोग गर्ने जनाएको छ।

छुटाउनुभयो कि ?