डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ

डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ ।  काठमाडौँको भेडासिंहबाट करिब डेढ केजी अवैध सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको पश्चिम बंगाल राज्य हुगली जिल्लाको पाराबजार बस्ने ४१ वर्षीय मानिक दास १ हजार ४८२.८१ ग्राम सुनसहित बिहीबार पक्राउ परेका हुन्। उनीबाट बरामद भएको सुन केही गहना र केही कच्चा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।  उनका अनुसार  उनको साथबाट ७ लाख ५६ हजार नगद समेत बरामद  भएको छ।

मानिकले भेडासिंहमा एक घर लिई कारखाना  सञ्चालन गर्दै आएको प्रहरीले जानकारी दिएको  छ।

छुटाउनुभयो कि ?