‘द ग्रे जोनमा प्रकाशित समाचारबारे रवि र बालेनले जवाफ दिनु पर्छ’

‘द ग्रे जोनमा प्रकाशित समाचारबारे रवि र बालेनले जवाफ दिनु पर्छ’

काठमाडौँ ।  नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले अमेरिकी अनलाइन ‘द ग्रे जोन’मा प्रकाशित समाचारबारे रास्वपाका सभापति र प्रधानमन्त्रीलगायतले दिनुपर्ने बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनल गत वर्षको भदौ २३ र २४ मा मच्चाइएको विध्वंस र रास्वपा सभापति तथा प्रधानमन्त्री राजनीतिक उदयबारे द ग्रे जोनले उठाएका विषयको जवाफ दिन माग गरेका हुुन्।

उनले भदौ २४ गते सिंहदरबारसहित सरकारी कार्यालय, निजी भवन तथा राजनीतिक दलहरूका कार्यालयमा तालिमप्राप्त समूहले रासायनिक पदार्थ सोडियम म्याग्नेसिय प्रयोग भएको न्यूयोर्क टाइम्सले पहिले नै उजागर गरिसकेको बताए। 

उनले रवि लामिछाने र बालेन्द्र शाहसहित अहिलेका प्रभावशाली नेताहरूको उदयमा अमेरिकाको हात रहेको विषय प्रकाशन गरेको भन्दै नाम जोडिएकाहरूको जवाफ मागे। ‘सरकारले जवाफ दिनुपर्छ नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ’, उनले भने।


 

छुटाउनुभयो कि ?