गरुड क्यासिनोबाट ११ जना नेपाली नागरिक पक्राउ

गरुड क्यासिनोबाट ११ जना नेपाली नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१, तौलुङस्थित गरुड क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 

काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार आज मंगलबार बिहान २ बजे उनीहरूलाई गरुड क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाइरहेको अवस्थामा परिसर र प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

क्यासिनोमा गई चेकजाँच गर्दा नेपाली नागरिक प्रवेश गराई क्वाइनमा नगद सटही गरी हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा मोबाइल ९ वटा, नगद सटही गर्न प्रयोग हुने क्वाईन ५० हजार लेखिएको क्वाइन ८ वटा, १० हजार लेखिएको क्वाइन १९ वटा, हजार लेखिएको क्वाइन ८८ वटा, १०० लेखिएको क्वाइन ५ वटा र नेपाली रुपैयाँ १० लाख ८५ हजार ६ सय मात्र) सहित ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरी परिसर काठमाडौँका अनुसार निम्न मानिसहरूलाई नियन्त्रणमा लिई जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट दिन २ (दुई) को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ:

१. जिल्ला रामेछाप, गोकुलगंगा गाउँपालिका-६ घर भई जिल्ला काठमाडौँ, कागेश्वरी मनहरा न.पा.-४ थली बस्ने वर्ष ३४ को बिकी लामा

२. जिल्ला सोलुखुम्बु, माकालुङ गाउँपालिका-३ घर भई काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्ने वर्ष ३९ को नुवाङ शेर्पा

३. जिल्ला सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-६ घर भई गोकर्णेश्वर नगरपालिका-९ बस्ने वर्ष ३९ को पासाङ शेर्पा,

४. जिल्ला सिन्धुली, गोलन्जर गाउँपालिका-५ घर भई कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने बर्ष ३२ को ज्योति मगर

 ५. जिल्ला दोलखा, वैतेश्वर गाउँपालिका-८ घर भई काठमाडौँ बानेश्वर बस्ने वर्ष ३५ को नारायण खत्री

६. जिल्ला काठमाडौँ, गोकर्णेश्वर नगरपालिका-२ घर भई बस्ने वर्ष ४४ को दिल लामा

७. जिल्ला काभ्रे, रोशी गाउँपालिका-१ घर भई काठमाडौँ ठमेल बस्ने वर्ष ४४ को अशोक लामा

८. जिल्ला नुवाकोट, दुप्चेश्वर गाउँपालिका-३ घर भई गोकर्णेश्वर नगरपालिका-५ बस्ने वर्ष ३२ को सञ्जय तामाङ

९. जिल्ला रामेछाप, उमाकुण्ड गा.पा.- ४ घर भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका-३ बस्ने वर्ष ४० को आशिष खड्का

१०. जिल्ला ललितपुर, ललितपुर महानगरपालिका-६ बस्ने वर्ष ४९ को सविनमान श्रेष्ठ

११. जिल्ला धनकुटा, जोरपाटी गाउँपालिका-४ घर भई काठमाडौँ पेप्सीकोला बस्ने वर्ष ३० को सुदीप अधिकारी।