प्रधानमन्त्रीलाई शहीदकी आमाको प्रश्न - एक वर्षपछि श्रद्धाञ्जली, परिवार भेट्न कति वर्ष ?

प्रधानमन्त्रीलाई शहीदकी आमाको प्रश्न - एक वर्षपछि श्रद्धाञ्जली, परिवार भेट्न कति वर्ष ?

काठमाडौँ । जेन-जी शहीदकी आमाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् । रास्वपा सांसद रहेकी रचना खतिवडा खत्रीले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् ।

उनले भनिन्, ‘जेन-जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !’

उनले प्रधानमन्त्री शाहसमक्ष सदनबाट दुईवटा प्रश्न सोधिन् । ‘शहीदले न्याय कति वर्षमा पाउँछ ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ ?’ उनको प्रश्न छ।

छुटाउनुभयो कि ?