कैलाली । कैलालीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ।
भजनी नगरपालिका-७ की तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि प्रहरीले आरोपित किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सनाका अनुसार आरोपित किशोरलाई केही दिनअघि नै पक्राउ गरी बलात्कारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
‘मुद्दा चलिरहेकाले अहिले नै सबै कुरा भन्न मिलेन,’ प्रवक्ता तिमिल्सनाले भने, ‘बलात्कारको आरोपमा युवकलाई तीन–चार दिनअघि नै पक्राउ गरी अनुसन्धान भइरहेको छ।’
उनले किशोरमाथि १९ गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरिएको समेत बताए ।