भोटेकोशी बाढी : ५८७ विदेशी नागरिकसहित ५ हजार ३३६ जना अझै बेपत्ता

भोटेकोशी बाढी : ५८७ विदेशी नागरिकसहित ५ हजार ३३६ जना अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका १ हजार ३५७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान विवरण सार्वजनिक गर्दै बाढीबाट मृत्यु भएका मध्ये १ हजार ३५७ जनाको शव फेला परेको जनाएको छ।

फेला परेका शवमध्ये १०२ वटा सनाखत भइसकेको छ। मृतकमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, तनहुँमा ३८ र चितवनमा ३६३ जनाको शव फेला परेको छ। जसमध्ये कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।

प्राधिकरणका अनुसार ५ हजार ३३६ जना अझै सम्पर्कविहीन छन्।सम्पर्क बिहीन हुने ५८७ विदेशी नागरिक रहेका छन्। हालसम्म १३ हजार ५८३ को उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। 

छुटाउनुभयो कि ?