नागढुंगा-नौबिसे सडक खण्ड भासियो

नागढुंगा-नौबिसे सडक खण्ड भासियो

काठमाडौँ । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको छ ।

सडक विभागका इन्जिनियर अर्जुन प्रसाद अर्यालका अनुसार सडक भासिएपछि गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ । सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई मात्रै यो रुटमा चल्न दिइएको उनले बताए ।

यो रुट भएर आउने अन्य गाडीहरूलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको उनको भनाइ छ । सडकको वाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए  ।

अर्यालले भने, ‘सडकको वाल धेरै पुरानो थियो । पुरानै भएका कारण वाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर के कारणले सडक भासिएको भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।’ सडक विभागबाट अहिले प्राविधिक टोलो सडक भासिएको ठाउँमा गइसकेको अर्यालले बताए ।