काठमाडौँ ।आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम स्थगित गरेको छ।
विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।रसुवा,नुवाकोट, धादिङ लगायतका स्थानमा बाढी र पहिरोका कारण हजारौँ मानिसको हताहती भएसँगै विभागले उपहार वितरण कार्यक्रमलाई रोकेको हो ।
विभागले आज (भदौ १६) गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज १ गते सञ्चालन गर्ने उल्लेख गरेको छ। ''असोज १ गते भदौ महिनाभरको खरिद बीजकहरुको कुपनहरूको दैनिक तथा बम्पर उपहार बिजेता छनौट गरिने छ'' सूचनामा उल्लेख छ ।