काठमाडौँ । भदौ १० गते आएको भोटेकोसी बाढीमा मृत्यु भएका विदेशीहरूको शव हस्तान्तरण गर्ने प्रक्रियालाई नेपालले अन्तिम रूप दिएको छ ।
नेपालस्थित भारतीय दूतावासका अनुसार विदेशी नागरिकहरूको शव उनीहरूका परिवारलाई बुझाउन आवश्यक कागजातहरू तयार गर्ने, शरीरको तस्बिर र अन्य विवरणहरू रेकर्ड गर्ने, पोस्टमार्टम जाँच गर्ने र मृत्युको कारण पुष्टि गर्नुपर्नेछ । औंठाछाप, डीएनए वा रगतको नमूना लिइनेछ । र, दूतावास र नेपाली अधिकारीहरूबीचको समन्वय पूरा गर्नु पर्नेछ ।
यदि, मृतकका आफन्त र परिवारका सदस्यहरूले नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध मृतकको तस्बिर र विवरणमार्फत शव पहिचान गर्न सकेमा, काठमाडौंस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गर्नु पर्नेछ । त्यसपछि शव हस्तान्तरण गर्ने र भारत पठाउने प्रक्रिया सुरु हुनेछ ।
भारतीय दूतावासले ठूलो संख्यामा शवहरूबाट निम्त्याउने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले शवहरूलाई अस्थायी रूपमा संरक्षण गर्ने व्यवस्था गरेको बताएको छ । शवहरूको पहिचान गर्नुभन्दा पहिला रेकर्ड गरिएका आफन्तहरूको डीएनएसँग मिलाएर गरिनेछ ।
यदि, शवको पहिचान सम्भव छैन वा शव अस्थायी रूपमा गाडिएको छ भने नेपाल सरकारले डीएनए मिलान प्रक्रियामा सहयोग गर्नेछ । डीएनए प्रोफाइल बनाउन शवहरूबाट डीएनए नमूनाहरू लिइरहेको समाचारमा उल्लेख छ ।
मृतकका आफन्तहरूले आफ्नो डीएनए प्रोफाइल इमेलमार्फत पठाउन सक्छन् । अथवा डीएनए मिलानको लागि रगतको नमूना प्रदान गर्न सक्छन् ।