काठमाडौँ । दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ।
नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा मद्दत गर्न ४४ सदस्यीय विपद् उद्धार टोली नेपाल पठाएको हो।
टोली आजदेखि उद्धारमा संलग्न भएको हो। कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन नौजना दक्षिण कोरियाली नागरिकको खोजीलाई पनि प्राथमिकता दिनेछ।