काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट हालसम्म ७८८ जनाको शव फेला परेको हो।
गत भदौ १० गते लाङटाङ लिरुङ हिमाल क्षेत्रमा गएको हिमपहिरो र हिमताल विष्फोटका कारण भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको थियो।
जिल्लागत रूपमा फेला परेका शवहरूको विवरण:
- चितवन : २६४ जना
- नवलपरासी (पूर्व): १९४
- नवलपरासी (पश्चिम): १२०
- गोरखा: ५८
- नुवाकोट: ५२
- धादिङ: ५०
- तनहुँ: ३७
- रसुवा: १३
खोज तथा उद्धारको अवस्था:
बाढीका कारण हालसम्म २,७४२ जनाको सफल उद्धार गरिएको छ भने कतिपय घाइते भएका छन्। उद्धार गरिएकामध्ये नुवाकोटबाट २,०२० जना, रसुवाबाट ७१९ जना र धादिङबाट ३ जना रहेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा हालसम्म १६० जना घाइतेहरूको उपचार भइरहेको छ भने केही निको भएर घर फर्किसकेका छन्।
_20260830164039.jfif)