उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न हुदैन : वरिष्ठ नेता पौडेल

उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न हुदैन : वरिष्ठ नेता पौडेल

कास्की : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताए ।

कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न समेत आग्रह गरे । उनले कास्की क्षेत्र नं २ मा खेमराज पौडेललाई जिताउनकालागि आग्रह गरे ।