जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव

जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन :  उपप्रधानमन्त्री यादव

जनकपुर : उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट परेका छन् ।
जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताए ।

उनले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी समेत गरे । एक प्र्रश्नको जवाफमा उपप्रधानमन्त्री यादवले आफूसँग गौर हत्या काण्डको प्रसङ्ग उल्लेख गरी मधेशलाई दबाउने मनसाय राख्नु गलत मानसिकता हो भने ।

संविधानलाई गतिशील बनाउन संशोधन आवश्यक रहेको चर्चा गर्दै संविधान अपूर्ण रहेकाले संशोधन गर्नुपर्नेमा जोड दिए ।