भ्रामक प्रचारबाजीको प्रतिकार गर्नुहोस् : प्रदीप पौडेल

भ्रामक प्रचारबाजीको प्रतिकार गर्नुहोस् : प्रदीप पौडेल

काठमाडौँ : नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारको गलत रवैया रोक्नका लागि पनि उपनिर्वाचनका काँग्रेसले जित्नुपर्ने बताएका छन् । नेपाल तरुण दल बाग्लुंङको भेलालाई सम्बोधन गर्दै दुइतिहाइले उन्माद भएको सरकारलाई सहिबाटोमा ल्याउनालागि काँग्रेसले उप निर्वाचन जित्नुपर्ने बताए ।

सरकारको जनविरोधि गतिविधिबाट दिक्क बनेका जनताले यस पटक काँग्रेसलाई विजयी बनाउने विश्वास व्यक्त गरे । साथै उनले बागलुङ २मा प्रदेश सभा उपनिर्वाचनमा काँग्रेस उमेद्वारलाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।

अहिले मतदाता धेरै सचेत भइसकेको र कहीँ कतै भ्रामक प्रचारबाजी गरेर डर, त्रास र विभिन्न प्रलोभनमा पार्न सक्ने कुरामा सचेत रहँदै त्यस्ता गलत क्रियाकलापको सशक्त प्रतिवाद गर्न तरुणहरू अझ प्रभावकारी ढङ्गले परिचालित हुन आवश्यक रहेको पौडेलको भनाइ छ ।

साथै पौडेलले चुनावी प्रचारका कार्यक्रमलाई अगुवाई गर्दै बुर्तिवाङ बजार क्षेत्रमा घरदैलोमा पुगेर जनताका चाहाना मत र भावनालाई बुझी नेपाली कांग्रेसको उम्मेदवारका पक्षमा रुख चिन्नमा मत हाल्न आग्रह गरे ।