पोखराको नयाँ बजारमा बम विस्फोट

पोखराको नयाँ बजारमा बम विस्फोट

कास्की : पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की २ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो ।

विस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ । यसबारे प्रहरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।