गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गरेको आरोपमा चन्द समूहका ३ जना पक्राउ

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गरेको आरोपमा चन्द समूहका ३ जना पक्राउ

काठमाडौँ : प्रहरीले पूर्वसञ्चारमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द समूहका प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार काठमाडौंका विभिन्न ठाउँबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा आबद्ध कैलालीका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालीकोटका टेक लोहार(विशेक गिरी) लाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

यसअघि विस्फोट भएकै दिन प्रहरीले मनोहरा सुकुम्बासी बस्तीबाट देवीप्रसाद गुरुङलाई पक्राउ गरेको थियो । गत फागुन २८ गते भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा कुकर बम विस्फोट गराइएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्उ क्षति पुगेको थियो ।