नेकपा छोडेर कांग्रेस प्रवेश गरेका बस्नेतको गाडीमा तोडफोड

नेकपा छोडेर कांग्रेस प्रवेश गरेका बस्नेतको गाडीमा तोडफोड

काठमाडौं : नेपाली कांग्रेसका नेता जगदीश बस्नेतको गाडी तोडफोड भएको छ । जगदीश बस्नेत केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । त्यसै कारणले राजनीतिक प्रतिशोधमा बस्नेतको गाडी तोडफोड भएको भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो । नेकपाका नेता महेश बस्नेतले राजनीतिक प्रतिशोध साँधेको आरोप भक्तपुर कांग्रेसले लगाएको छ । कांग्रेस कार्यकर्ताहरुले नेता बस्नेतले आफनो गाडी आफैले तोडफोड गर्न लगाएको आरोप लागाएका छन्।