मतदानबाट पनि प्रदेश २ को नाम र राजधानी टु‌ंगो लागेन

धनुषा : सत्तारुढ दलकै सा‌ंसद विभाजित भएपछि म‌ंगलबारको मतदानबाट प्रदेश २ नाम र को राजधानी टु‌ंगो लाग्‍न सकेन । प्रदेश २ को नामकरणमा दर्ता भएका सबै प्रस्ताव मतदानबाट अस्वीकृत भएपछि राजधानीसम्बन्धी प्रस्ताव पनि पारित हुन नसकेको हो ।

समाजवादी पार्टी, राजपा नेकपा र कांग्रेसले स‌ंयुक्त रुपमा जनकपुरलाई प्रदेश २ को स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव ल्याए पनि मतदानबाट पारित भने हुन सकेन। प्रदेश राजधानी जनकपुर बनाउनुपर्छ भन्‍ने पक्ष र विपक्षमा समान ५२(५२ मत परेको र ३ मत बदर भएको निर्वाचन अधिकृत रञ्जीत यादवले जानकारी दिए।

सत्तारुढ र विपक्षी दललेसंयुक्त रुपमा ल्याएको प्रस्ताव पारित भएपछि राजधानीका बारेमा दर्ता गरिएका अरु दुई प्रस्तावका लागि पनि मतदान हुने भएको छ। बारा र पर्साबाट प्रतिनिधित्व गर्ने विभिन्‍न दलका केही सांसदले वीरगन्‍जलाई राजधानी बनाउन माग गर्दै पेस गरेको प्रस्तावमाथि अब मतदान हुने भएको छ।

प्रदेश नम्बर २ को नाम ुमधेसु राख्‍ने पक्षमा दुई तिहाइ बहुमत नजुटेपछि सत्तापक्षकै केही सा‌ंसदले जनकपुरलाई राजधानी बनाउने पक्षमा मतदान गरेनन्।