बालुवाटारमा ओली–प्रचण्डबीच भेटघाट, के–के भए छलफलमा ?

बालुवाटारमा ओली–प्रचण्डबीच  भेटघाट, के–के भए छलफलमा ?

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच चैत १ गते शनिबार भएको थियो ।

दुई नेताको भेटवार्तापछि सचिवालय बैठक बोलाउन मिति तय हुनेछ । नेकपामा एमसीसी, पार्टी एकताको पुर्णता, वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने लगायतका निर्णय गर्न बाँकी छ ।