सन् २०२१ सम्ममा गरिबीको अन्त्य : मन्त्री अर्याल

सन् २०२१ सम्ममा गरिबीको अन्त्य : मन्त्री अर्याल

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताएकी छन् । राष्ट्रिय सहकारी विकास बोर्डले आज आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११आँै वार्षिक भेला’लाई सम्बोधन गर्दै उनले‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजानुपर्ने बताइन् ।

नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलरमा पु¥याउन सहकारी, सरकारी एवं निजी क्षेत्रको समान लगानी सहयोग र सहकार्य आवश्यक रहेको बताइन् । दुई दिनसम्म आयोजना हुने उक्त भेलाले औपचारिक शिक्षाभित्र सहकारीले के कस्ता विषयलाई र कसरी समावेश गर्ने भन्ने विषयमा छलफल हुने बोर्डका उपनिर्देशक मुकेश कर्णले जानकारी दिए ।