ओली, देउवा र दाहालले देशद्रोही अपराध गरे टुँडीखेलमा लगेर झुण्ड्याउँछौं : अध्यक्ष किराती

ओली, देउवा र दाहालले देशद्रोही अपराध गरे टुँडीखेलमा लगेर झुण्ड्याउँछौं : अध्यक्ष किराती

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोहीको अपराध गरेमा आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडीखेलमा झुण्डयाउने उद्घोषण गरेका छन् ।

अध्यक्ष किरातीले मोहन बैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ सँग कार्यगत एकताको लागि छलफल भैरहेको र आफ्नो पार्टी एमसीसी र सीमाको विषयमा दश दलीय मोर्चामा आवद्ध रहेकोबारे बताएका छन् । उनले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढिरहेको छ । त्यो दश दलीय मोर्चा एकता भएपछि सम्भव हुनसक्ने भनेर सङकेत गरेका थिए । यद्यपि जनसेना निर्माण कहिले र कसरी गर्ने भन्ने सम्बन्धमा पार्टीमा व्यवस्थित छलफल एवं नेपाली जनसमुदायमाझ बहस अभियान सञ्चालन गरी शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा अघि बढ्न जानकारी दिए ।

अध्यक्ष किराँतीले विज्ञप्ती जारी गर्दै ‘२५ औं जनयुद्ध दिवसको अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकालीनगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो र उक्त मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान’ सफलतापूर्वक सम्पन्न भएकोबारे जानकारी पनि अध्यक्ष किराँती दिएका छन् । उनले नेपालमा नेपाली जनतासमक्ष देशभक्तिपूर्ण संस्कृति निर्माणको सशक्त आह्वान समेत गरे ।