प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ : राप्रपा अध्यक्ष जबरा

प्रधानमन्त्री ओलीले राजीनामा दिँदा नै उचित हुन्छ : राप्रपा अध्यक्ष जबरा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वास्थ्य अवस्थाका कारण तत्काल राजीनामा दिनु नै उचित हुने बताएका छन् । उनले भने, प्रधानमन्त्री ओलीले स्वस्थ हुँदापनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको र ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको आरोप लगाए ।

विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले वर्तमान सरकारले जनतालाई कुनैपनि किसिमको सेवा प्रदान गर्न नसकेको । नेकपाले गाउँ–गाउँसम्म भ्रष्टाचार विकेन्द्रीकरण गरेर अहिले व्यापक भ्रष्टाचार बढेका छ र सरकाले काण्डै काण्ड घटाएको छ भनेका छन् । ललितानिवास काण्ड, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, संवैधानिक निकायमा राजनीतिकरण भएको छ । न्यायालयमा त झनै बढि राजनीतिकरण भयो ।’ वर्तमान सरकार सबै फाँटमा असफल भएको उनको टिप्पणी छ ।