प्रदेश २ का मुख्यमन्त्री राउतको विपक्षीसँगै सत्तारुढ सांसदद्धारा राजीनामा माग

प्रदेश २ का मुख्यमन्त्री राउतको विपक्षीसँगै सत्तारुढ सांसदद्धारा राजीनामा माग

जनकपुर : प्रदेश २ का विपक्षीसँगै सत्तारुढ सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केहि उपलब्धीमूलक काम गर्न नसकेको भन्दै विपक्षी सांसदहरुले तत्काल राजीनामा माग गरेका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर समस्या समाधानका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद मनिष सुमनले प्रदेश २ सरकारले प्रहरी ऐन ल्याउँदा समेत प्रहरी भर्ना गर्न नसकेको, गत बर्ष सम्पन्न भएका योजनाहरुको अहिलेसम्म भुक्तानी दिन नसकेको, मलेठ, सचिव कुटपिट घटनाको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला भएको खर्चका विवरण पनि सार्वजनिक गर्न नचाहेको उनको आरोप लायाउदै राजीनामा माग गरेका छन्।