प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे बालुवाटार

प्रधानमन्त्री ओलीलाई भेट्न  प्रचण्ड पुगे बालुवाटार

काठमाडौँ:सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपाका अर्को अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटवार्ता गरेका छन् ।मृगौलाको प्रत्यारोपणपछि अस्पतालबाट फर्किएका प्रधानमन्त्री ओलीलाइ पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका थिए ।६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट सरकारी निवास बालुवाटार फर्केका हुन्।

प्रचण्ड कुनै विशेष विषयमा छलफल गर्न भन्दा पनि आज प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिन बालुवाटार पुगेको नेकपा सचिवालयले जानकारी दिएको छ ।