आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

मेष : दिन राम्रो छ । आफन्तले तपाईंको सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ ।


वृष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ । परिवारमा खटपटी बढ्नेछ ।

मिथुन : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।


कर्कट : स्वास्थ्यमा राम्रो छ । आज मिष्ठान्न भोजनको योग परेको छ । पठनपाठनमा मन जानेछ । परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ ।

सिंह : दिन सहज छ । शिक्षाको क्षेत्रमा गरेको लगानीले सार्थकता पाउनेछ । आफ्नो काममा मेहनत गर्नुपर्नेछ । परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ । धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ ।

कन्या : आम्दानीका दृष्टिले दिन राम्रो छ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा भने अवरोध हुनेछ । नतिजाका लागि मेहनत आवश्यक हुन्छ । प्रेम सम्बन्ध  सुमधुर बन्नेछ ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । परिवारले राम्रो साथ दिने दिन छ ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गोपनीयता कायम राख्नु लाभदायी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन् ।

धनु : शुभ ग्रहको बहुमत रहेको छ । दैनिकी नियमित गर्नुपर्नेछ । राजनीतिक उतारचढावले मन अशान्त बन्नसक्छ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : ठुलो योजना नबनाउनु राम्रो हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ । दुई पाङ्गे सवारी साधनको यात्रा घातक हुनेछ । राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँचो हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ ।

कुम्भ : आज शुभ दिन रहेको छ । सोचेका कामहरु बन्दै जानेछन् । धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ । राज्यको तर्फबाट भने त्रास बढ्नेछ ।

मीन : साढेसाती शनिदशा चलिरहेको भएपनि शुभग्रहको बहुमत छ । अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने आवश्यकता छ । शिक्षामा दिएको समय सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।