अमेरीकाको प्रभाव देखाउन एमसीसी : झलनाथ खनाल

अमेरीकाको प्रभाव देखाउन एमसीसी : झलनाथ खनाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण नफैलीएपनी सजग रहनुपर्ने बताएका छन् ।मोतीदेवी स्मृति केन्द्रको आयोजनामा भएको प्रेरणादायी महिलाहरू पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै कोरनाको सङ्क्रमणबाट जोगिन सावधानी भने अपनाउनुपर्ने बताए ।

चिनले कोरनाको महामारी जितेको उल्लेख गर्दै चिनले सङ्क्रमण जिते पनि अन्य मुलुकहरूमा फैलँदै गएकाले नेपालले पनि उच्च सतर्कता अपनाउनुपर्ने बताए । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई बिदेसी भाइरस भनेको प्रसङ्ग उल्लेख गर्दै यो कुनै देशबाट आयातित नभएर यसले विश्वलाइनै क्षति पुर्‍याइरहेको बताए ।

अमेरिकाले धेरै देशलाई आफ्नो प्रभावमा पार्न खोजेको बताउँदै पछिल्लो समय चर्चामा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पनि आफ्नो प्रभाव देखाउन ल्याइएको बताए । अबको युग समाजवादको युग भएकाले समाजवाद स्थापनाकालागि सामाजिक चिन्तन आवश्यक भएको औँल्याए ।

कार्यक्रममा नेकपाका वागमति प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले महिला मृक्तिकालागि निरन्तर लड्न महिलाहरू एकजुट हुनुपर्ने बताइन् । संविधान र कानुनमा महिलालाई समान अधिकार दिइए पनि व्यवहारमा अझै परिणत नभएकाले महिलामृक्तिको आन्दोलन जारी राख्नुपर्ने बताइन् ।

मोतीदेवी स्मृति केन्द्रले हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर कार्यक्रम आयोजना गर्दै आएको छ । साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरूको जीवनीलाई समेटेर पुस्तक प्रकाशन गर्दै आएको छ । यस वर्षको पुस्तकमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने १८ जना महिलाको जीवनी समेटिएको पुस्तक सम्पादन मण्डलकी सदस्य लक्ष्मी बस्नेतले जानकारी दिइन् ।