शेर्माको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

शेर्माको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ : कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा (लिम्बू)को निधनमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले फागुन ३०, चैत्र १ र २ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

त्यस्तै बैठकले चैत्र २ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन्।

बैठकले शेर्माको मृत्यु भएको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ। कांग्रेस पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्व स्थानीय विकास मन्त्री शेर्माको बुधबार ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।