कोरोना भित्रन नदिन सरकारको उच्च सर्तकता, आवश्यक परे नाका समेत बन्द गरीने

कोरोना भित्रन नदिन सरकारको उच्च सर्तकता, आवश्यक परे नाका समेत बन्द गरीने

काठमाडौं: सरकारले नेपाल आएका हरेक विदेशीको अवस्था र उनीहरुका गतिविधिमाथि निरन्तर निगारानी गर्ने जनाएको छ । विश्वब्यापि रुपमा फैलीरहेको कोरोना भाइरस नेपालमा भित्रन नदिन सर्तकता अपनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अध्यागमन विभागले हालै प्रचलनमा ल्याएको ‘नेपाल पोर्ट’ नामक सफ्टवेयरको मद्दतबाट ट्र्या्किङ गरिने बताए ।

नेपालमा अहिलेसम्म ४सय ५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको र तिमध्य एक जनामामात्र कोरोना पोजेटिभ देखिएका बताइएको छ । पोजेटिभ देखिएका ब्यक्तिपनि निको भएर घर फर्कीएका छन् । देवकोटाका अनुसार कोरोना आशंकमा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी उपचाररत छन्।

त्यसैगरी पाटन अस्पतालको आइसोलेसन वार्डमा अर्का एकजना बिरामीको उपचार भइरहेको छ। पत्रकार सम्मेलनमा मन्त्रालयले कोरोना भाइरसको संक्रमण भित्रन नदिन चार रणनीति र दुई योजना सार्वजनिक गरेको छ । मन्त्रालयको रणनीतिमा कोरोना रोकथामका लागि नेपाल प्रवेशमा सबै प्रकारका रोक, नागरिक चेतना, निगरानी क्वोन्टाइन, बिरामीको उपचार तथा व्यवस्थापनलगायत छन् ।

यस्तै कोभिड–१९ फैलिएको अवस्थामा सरकारले पकेट एरिया लकडाउन, कोरोना प्रभावित राष्ट्रबाट हुने सबै प्रकारका हवाइ उडान महामारी अवधिभर स्थगन, स्थलगत आवागमनका नाकाहरु बन्द, अत्याबश्यक सामाग्री बाहेक अन्य वस्तुहरुकाे आयात निर्यात बन्द गनेसम्मका योजना सरकारको रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।