व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुदैन : अर्थमन्त्री खतिवडा

व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्तिविशेषका कारण सेयर बजार प्रभावित हुन नहुने बताएका छन् ।

कम्पनीको वित्तीय अवस्था र सरकारको आर्थिक नीतिका आधारमा सेयर कारोबार हुनुपर्ने भन्दै उनले त्यसमा कोही व्यक्ति आउनु र जानुले सरोकार राख्न नहुने बताएका हुन् ।

प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘कम्पनीको वित्तीय अवस्था र भावी वित्तीय अवस्था कस्तो हुन्छ भनेर सेयर खरिद गर्ने हो,सरकारले कस्तो नीति नियम बनाउँछ र तिनको कार्यान्वयन कस्तो हुन्छ भनेर कारोबार गर्ने हो, व्यक्तिविशेष जो आए पनि गए पनि सेयर बजार प्रभावित हुनुपर्दैन ।