सांसद यादवको प्रश्न : पेट्रोलियम पदार्थको कच्चा पदार्थमा मूल्य घट्दा नेपालमा किन घटेन ?

सांसद यादवको प्रश्न : पेट्रोलियम पदार्थको कच्चा पदार्थमा मूल्य घट्दा नेपालमा किन घटेन ?

काठमाडौं : प्रतिनिधिसभाका सांसद प्रदीप यादवले पेट्रोलियम पदार्थको मुल्य घटाउन माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपालमा पनि मूल्य घटाउन माग गरेका हुन् ।

सांसद यादवले अन्तर्रा्ष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा पदार्थमा ३० प्रतिशत मूल्य घट्दा पनि नेपालमा किन घटेन भन्दै प्रश्न गरे । यस्तै उनले नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको आरोप लगाएका छन् । उनले अहिले कोरोना भाइरसका कारण विश्वका शक्तिशाली देशहरु गलिसकेको तर नेपाल सरकारले कुनै तयारी नगरेको आरोप समेत लगाए ।

‘अमेरिका, युरोप, चीन पूरै गलिसके,’ उनले भने, ‘नेपालले के गरेको छ?’पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलमा काम गर्ने चिनियाँलाई कोरोना लागेको सूचना आएको भन्दै सत्यतथ्य जानकारी गराउन माग गरे । उनले कोरोनासँग लड्न सरकराले विशेष योजना ल्याउनुपर्ने बताए । उनले नेपालको हरेक जिल्लामा सरकारले विशेष चितिक्सकको टोलि सहित हेल्प डेस्क राख्न माग समेत गरे ।