मेष : दिन राम्रो छ । थालेका काम सफल हुनेछन् । मन खुशी हुनेछ । राज्यको माथिल्लो तहबाट सहयोग हुनेछ । राजनीतिक तहमा अवसर मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दिन राम्रो छ । बिहान गरेको कामबाट लाभ मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । मन प्रशन्न रहनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । रोजगारीको क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मिथुन : आज पठनपाठनमा रुची बढ्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ । राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम बन्नेछ । परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ ।
कर्कट : दिन सामान्य छ । आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ । साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ । सामूहिक काममा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ ।
सिंह : साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ । आफूभन्दा ठूलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग रमाइलो गरेर दिन बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या : साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँगको सम्बन्ध सफल बन्ने योग छ । अनावश्यक खर्च बढ्नेछ । आज नयाँ काम थालनी नगर्नु उचित हुनेछ ।
तुला : मनमा उत्साह बढ्नेछ । राज्यका तर्फबाट मान र सम्मान बढ्नेछ । अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुसीको खबर सुन्ने योग रहेको छ ।
वृश्चिक : सञ्चित धन खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ । रोगसँग लड्ने क्षमता भने बढेको छ । ठूला कामको सुरुवात नगर्नु राम्रो हुनेछ । परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ ।
धनु : दिन राम्रो हुनेछ । आम्दानीको दृष्टिले दिन अब्बल छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । आफ्नो काम सफल पार्न नम्र भएर अगाडि बढ्नुपर्नेछ । परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन् ।
मकर : दिन सामान्य राम्रो छ । शुभ ग्रहको बहुमत भएकाले दैनिक काम सहज बन्नेछ । वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ । राजनीतिक सहकर्मीले साथ दिनेछन् । परिवारमाभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ ।
कुम्भ : धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ । परिवारसँग्गको सम्बन्ध सुमधुर बन्नेछ ।
मीन : पुरानो रोगले सताउने जोखिम बढी छ । मनमा खटपटी बढ्नेछ । गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।